७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आयुर्वेदतर्फ नागरिकको विश्वास



कोहलपुर बाँके बैशाख ९,- पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।

कोहलपुर २ का ७७ बर्षिय बेदकान्त खत्री बाथरोगको रोगी हुनुहुन्छ । लामो समयदेखि बाथबाट ग्रसित उहाँ उपचारको लागि धेरै ठाउँमा पुग्नुभयो तर निको नभएपछि आयुर्वेदिक औषधालयमा आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छिटो निको होला भनेर एलोपेथिक औषधिको प्रयोग धेरै गरे तर सन्चो भएन ।

अहिले आयुर्वेदिक औषधालयमा आएर मिश्रणयुक्त जडीबुटीको औषधि खाने र सेकाउने गरेको छु, पहिलेभन्दा अहिले ठिक भएको छ ।”
यस्तै कोहलपुर ७ का रमेश खड्कालाई मधुमेह भएको १८ वर्ष भयो ।

उहाँ पनि एलोपेथिक औषधिसँगै आयुर्वेद औषधिको प्रयोग गर्ने गरेको बताउनुहुन्छ । एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झटले गर्दा पनि अहिले आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उहाँको भनाइ छ ।
खजुराकि पबित्रा शर्मालाई आयुर्वेदक औषधिले निको हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । ढाडको समस्या रहेको उहाँलाई जब आयुर्वेदिक औषधालयमा सेवा लिनुभयो त्यसपछि यो सेवाप्रति विश्वास बढ्दै गएको उहाँको भनाइ छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटीजन्य औषधि आयुर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले आयुर्वेदिक सेवाबाट सबैले लाभ लिनुपर्ने बताउनुहुन्छ ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ का सेवाग्राहि गोपाल वलिले उच्च रक्तचापका कारण हिडडुल गर्न समेत कठिन हुने अवस्थामा रहेको र बाँके आयुर्वेद स्वास्थ केन्द्रबाट पन्चकर्म थेरापि सेवा लिदै गर्दा आफु अरुको साहारा बिना हिडडुल गर्न सकेको बताउनु भयो।

बाँके आयुर्वेद स्वास्थ केन्द्र नेपालगन्जका प्रमुख डाक्टर गिता रेग्मिका अनुसार चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म बाँकेका आठैवटा पालिकामा सन्चालनमा रहेका नागरिक आरोग्य केन्द्र र आयुर्वेद औषधालयबाट करिव ४० हजारले सेवा लिएको जानकारी दिनु भयो। उहाँले खासगरि नसर्ने रोग उपचारका लागि आयुर्वेदको सेवालिनेको संख्या बढ्दो अवस्थामा रहेको बताउनु भयो।

बाँके आयुर्वेद स्वास्थ केन्द्र अन्तर्गत संघ र प्रदेशबाट संचालनमा रहेका सातवटा सस्था र जानकि गाउँपालिकाले आफ्नो स्वामित्वमा संचालनमा ल्याएको सस्थाबाट सेवाप्रवाह हुँदै आएको छ। आयुर्वेद लोकप्रीय हुनु यसको उपचार पद्धति नै भएको केन्द्र प्रमुख डा। रेग्मिको भनाई छ।

बाँकेमा आयुर्वेद स्वास्थ सेवाबाट ३९ हजार २ सय २ जनाले सेवा लिएका छ्न ।ति मध्य नेपालगन्जबाट मात्रै २७ हजार ७ सय ६० ले सेवा लिएका छन् भने बाँके आयुर्वेद स्वास्थ केन्द्र नेपालगन्जबाट पन्चकर्म १ हजार ४१ जेष्ठ नागरिक ६ सय ३२, सुत्केरी आमा पोषण कार्यक्रम २ सय ५, विद्यालय आयुर्वेद योग कार्यक्रम १ हजार ५सय ९६,योग प्रशिक्षक प्रशिक्षण २० जना,स्वास्थ जिवनशैलि २ सय ६६, महिला स्वास्थ स्वयंम सेविका अभिमुखिकरण २०, भान्सा सुधार कार्यक्रम ४० र आयुर्वेद शिक्षा अन्तरर्गत घरभेट कार्यक्रम २ हजार ५ सय २० ले सेवा लिएको कार्यलयले जनाएको छ। आयुर्वेद सेवाको प्रचारप्रसारलाई व्यापाक गर्न सके नसर्ने रोगको निदानको लागि आयुर्वेद सेवा निकै प्रभावकारी हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : १३ बजे