६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आज लुम्बिनी सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाण्डौ बैशाख ११, – आज लुम्बिनी प्रदेश सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य भन्दा बढी हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ सहित बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच, केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०६ बजे