७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हुरीबतासका कारण बाजुरामा ४० परिवारको टहरामा क्षति



काठमाण्डौ बैशाख १६,– बाजुरामा हिजोको हुरीबतासले ४० परिवारको टहरामा क्षति पुर्‍याएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता हुरीबतासले उडाउँदा क्षति पुगेको वडा नम्बर–६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्य नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि पीडित थप समस्यामा परेका छन् । हिजो दिउँसो झन्डै आधाघण्टा हुरीबतास चलेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे