७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सरकारले नै संसद् चल्न नदिने खालका गतिविधि गरिरहेको कांग्रेसको निष्कर्ष




काठमाण्डौ बैशाख २९, – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ ।

बैठकले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सि सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडान राखेका थिए । नेपाली कांग्रेसले हिजोको संसद् बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ४८ बजे