७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘कृषिमा लगानी दशक’ आउँदो आर्थिक वर्षलाई घोषणा




काठमाण्डौ जेठ १ , –
सरकारले आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदो आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ ।

राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना गरिनेसमेत बताउनुभयो । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको छ ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिनेछ । कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवम् चक्लाबन्दी गरिनेछ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ३८ बजे