७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट आज




काठमाण्डौ जेठ १५, – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ११ बजे कार्डिफमा शुरु हुनेछ ।

चार खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १–० ले अगाडि छ । आजको खेल जितेमा इङ्ग्ल्यान्डले शृङ्खला जित्नेछ । यो शृङ्खला जोगाउन पाकिस्तानलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

गएको शनिवार भएको दोस्रो खेलमा पाकिस्तान २३ रनले पराजित भएको थियो । पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो । चौथो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : १० बजे