७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अत्याधिक गर्मी बढेपछि दाङका विद्यालय ५ नि सम्म बन्द




दाङ जेठ १७ – अत्यधिक गर्मीका कारण दाङका विद्यालय बन्द भएका छन् । दाङको देउखुरीका राप्ती र गढवा गाउँपालिका तथा लमही नगरपालिकाले आजदेखि विद्यालय बन्द गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकोको छ । भोलिदेखि जेठ २२ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डाराले जानकारी दिनुभयो ।

अत्यधिक गर्मी बढेसँगै तराईसहितका अन्य जिल्लाका विद्यालयहरूमा पनि बिदा दिइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १२ : २१ बजे