६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

लेबनानमा हुने महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा



काठमाण्डौ असार १२, – लेबनानमा हुने सेडार महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

प्रतियोगितामा आयोजक लेबनानसहित नेपाल, जोर्डन, र बङ्गलादेश छन् । सेडार महिला फुटबल प्रतियोगिता आउँदो जुलाई ८ देखि १६ तारिखसम्म हुनेछ । सबै देशले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपालले पहिलो खेलमा जुलाई १० मा जोर्डनसँग, जुलाई १३ मा बङ्गलादेशसँग र जुलाई १६ मा घरेलु टोली लेबनानसँग खेल्नेछ ।

नेपाली महिला टोलीको गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ रहेका छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, हीराकुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना र समीक्षा घिमिरे छन् । यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिशा कार्की र विमला चौधरी छन् । यस्तै फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  १० : ४८ बजे