७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चीनका उपविदेशमन्त्रीको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट



काठमाण्डौ असार १२, – राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवम् लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गर्नुभयो ।

यसैबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता भएको छ । सिंहदरबारमा रहेको मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच भेट भएको हो ।

भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । तीन दिने औपचारिक नेपाल भ्रमण सकेर उपविदेशमन्त्री सुन आजै स्वदेश फर्कनुभएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  १० : ५५ बजे