७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रामेछापमा बस दुर्घटना, चालकसहित ८ जना घाइते



रामेछाप असार १४ – रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

लिखु तामाकोशी–६ को गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको ताथा गम्भीर भएकाहरूलाई काठमाण्डौ पठाइएको छ ।

बसमा २५ जना सवार रहेका प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ११ : ३३ बजे