७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा एक जनाको ज्यान गयो




एजेन्सीँ असार १४,– भारतको राजधानी नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा एक जनाको ज्यान गएको छ ।

आज बिहान ठूलो वर्षापछि इन्दिरा गान्धी विमानस्थलको टर्मिनल–१ को छत भत्किँदा एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका पाँच जना मध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको छ । टर्मिनलको छत खस्दा केही गाडी पनि थिचिएका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले विमानस्थल पुगेर घटनाबारे जानकारी लिनुभएको छ । मन्त्री नायडूले यस घटनाको जाँच गर्न आदेश दिँदै अतिरिक्त संरचना भएका देशभरका विमानस्थलको निरीक्षण गर्ने बताउनुभयो । उहाँले दुर्घटनामा ज्यान गुमाएकालाई २० लाख र घाइतेहरूलाई तीन लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ११ : ३५ बजे