६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता




एजेन्सी असार १६, – कोपा अमेरिका फुटबलको समूह ुएु अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ । यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको साविक विजेता अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ ।

आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे । अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ ।

यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन् । इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो ।

यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ । दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन् ।

भोलि बिहान समूह ुबीु का मेक्सिको र इक्वेडर तथा जमैका र भेनेजुयला खेल्दैछन् । समूह ुबीु को भेनेजुएला, ुसीु को उरुग्वे र ुडीु को कोलम्बिया पनि एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ६ : ३३ बजे