७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१० वर्षसम्म पनि बनेन मोरङको गेउरिया पुल



मोरङ असार १६, – तीन वर्षमा बन्नुपर्ने मोरङको कानेपोखरी–रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२ कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको अलपत्र पुलबारे गएको चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन पनि दिएका थिए । तर निर्देशन दिएको चार महिना बित्नै लाग्दा पनि पुलको निर्माण सुस्त भएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइको पुल एक करोड १८ लाखमा ठेक्का लागेको थियो तर कहिलेसम्म काम सकिन्छ भन्ने अझै पनि टुङ्गो छैन ।

स्थानीय पुन्यप्रसाद रिमालले नौ वर्षको अवधिमा पाँच जनाभन्दा धेरैले गेउरिखा खोलामा ज्यान गुमाइसकेका छन् । समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार राख्ने सबैलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ७ : ०१ बजे