७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि



एजेन्सी असार १७, फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ । पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३ दशमलव २ प्रतिशत मत प्राप्त हुने देखिएको छ ।

वामपन्थी गठबन्धनलाई २८ दशमलव १ प्रतिशत र राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ । फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो । एनआर पार्टीबाट युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।

पाँच सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि दुई सय ८९ सिट आवश्यक पर्छ । त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको चुनावमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन पनि सक्छ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ८ : २६ बजे