७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कदै




काठमाण्डौ असार २५ – मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका चार हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए । आज बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ ।

बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ११ : ५९ बजे