६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जाने सम्भावना कम




एजेन्सी असार २७, सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना कम देखिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले च्याम्पियन्स ट्रफी संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबई या श्रीलङ्कामा गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० लाई आग्रह गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । बीसीसीआईले आईसीसी प्रतियोगिताका लागि राष्ट्रिय टोली पाकिस्तान पठाउने वा नपठाउनेबारे औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ ।

गएको वर्ष एशिया कपको आयोजना पनि ‘हाइब्रिड मोडल’ अनुसार भएको थियो जसमा भारतले आफ्ना सबै खेल श्रीलङ्कामा खेलेको थियो । एउटै प्रतियोगिताको खेलहरू विभिन्न देशमा आयोजना गरिन्छ भने त्यसलाई ‘हाइब्रिड मोडल’ भनिन्छ ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि तयारी शुरु गरिसकेको छ । प्रतियोगिताको तयारीका लागि पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको छ ।

भारत र पाकिस्तानले सन् २०१२–१३ पछि अहिलेसम्म द्विपक्षीय शृङ्खला खेलेका छैनन् । भारतीय टिम सन् २००२ पछि पाकिस्तान गएको छैन । भारत र पाकिस्तानले आईसीसी प्रतियोगितामा मात्र एकअर्कासँग खेल्दै आएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  १० : ३६ बजे