६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मौसम प्रतिकूल अवस्थामा जोखिम जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय



काठमाण्डौ असार २८, – सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ ।

गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

ुरेड जोनु अर्थात् उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालीन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताउनुभयो ।

यस्तै यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनि यसको पालना भएरुनभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ११ : ०४ बजे