६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

विश्वासकाे मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त



काठमाण्डाै असार २८ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासकाे मत लिन असफल हुनुभएकाे छ । विश्वासकाे मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएकाे छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डकाे विश्वासकाे मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएकाे हाे । उहाँकाे प्रस्तावकाे पक्षमा जम्मा ६३ मत परेकाे छ । यस्तै १ सय ९४ जना सांसदले विपक्षमा मत दिएका छन् । यस्तै १ जना सांसदले मत दिएनन् । आजकाे बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० काे उपधारा (२) अनुसार आज ५ औँ पटक विश्वासकाे मत लिनुभएकाे हाे । यसअघि ४ पटक विश्वासकाे मत प्राप्त गर्नुभएका प्रचण्ड यसपटक असफल हुनुभयाे ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ११ : ५१ बजे