६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

नेपालगन्जमा हाटबजार शैलीको मेला



नेपालगन्ज बाँके पुस ५ – एउटा प्राइभेट कम्पनीले नेपालगन्जमा महोत्सव भन्दै लाएको मेलामा स्कुले बिद्यार्थीहरुको दुरुपयोग गरिएको छ । प्राइभेट कम्पनीले आयोजना गरेर छैठौं नेपालगञ्ज महोत्सव नाम दिइएको मेलामा विद्यालयका विद्यार्थीहरुलाई गैरकानुनीरुपमा सडकमा उतारिएको हो ।

ब्यवसायीक संघ संस्थाहरु पछिल्लो समय महोत्सवका नाममा धेरै जन सहभागीता देखाउन स्कुले बिद्यार्थीहरूको प्रयोग गर्ने परम्परालाई निरन्तरता दिँदै प्राइभेट कम्पनीले पनि विद्यार्थीहरुलाई नै सडकमा हिंडाएको हो ।

बिहिवारदेखि नेपालगन्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा स्कुलको पढाई बन्द गरेर स्कुले बिद्यार्थीको प्रयोग गरिएको छ । अभिभावकहरुलाई समेत जानकारी नदिएर विद्यालयहरुले ब्यापारिक कम्पनीको आग्रहमा बिद्यार्थीहरुलाई घण्टौं चिसो सडकमा हिँडाएर मेला स्थल पुर्याएको हो ।

बिद्यार्थीलाई मेलामा लगिएको विषयमा युवा अधिकारकर्मी शाहिल अन्सारीले विरोध जनाएका छन् । उनले बिद्यार्थीको शैक्षिक गतिविधि अवरोध गरि मेला महोत्सवमा प्रयोग गर्नु कुनै तबरले जायज नभएको बताएका छन् । बालकालिकालाई प्रयोग गर्नुलाई नेपालको सबिधान २०७२ को धारा ३९ र प्रचालित बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम गैरकानुनी ठहर गरेको उनले बताए ।

कानुनले बालबालिकालाई फरक उद्देश्यमा प्रयोग नगर्न र त्यस्ता गतिबिधिबाट बालबालिकालाई टाढा राख्न भनिए पनि नेपालगन्जमा ए.जी. सर्भिस प्रा.लि. नामको कम्पनीले बालबालिका प्रयोग गरि कानुनको धज्जि उडाइएको छ।

बजारको ब्यापार ब्यवसायलाई सुनसान बनाउने गरि लगाइउको मेलाको स्वीकृतिलाई नै ब्यवसायीहरुले शंकास्पद मानेका छन् । पहँचका आधारमा प्राइभेट कम्पनीहरुलाई मेला गर्न दिएर सरकारी अधिकारीहरुले बजारको ब्यवसायीक अवस्थामाथि खेडवाल गरेको नाम नछाप्ने शर्तमा नेपालगन्जका एक ब्यवसायीले आरोप लगाए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १ : ३६ बजे