६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सांसद केसी लुम्बिनी प्रदेशको सहरी विकास मन्त्रीमा नियुक्त



कोहलपुर बाँके पुस ८- बाँकेबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी लुम्बिनी प्रदेश सरकारको सहरी विकास मन्त्रीमा नियुक्त भएकी छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनी लुम्बिनी प्रदेशबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन्। उनी बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित भएकी थिइन्। नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी उनी लोकप्रिय नेताको रुपमा परिचित छिन् ।

नवनियुक्त मन्त्री कृष्णाले पद तथा गोपनियताको सपथ आज बिहान १० बजे लिएकि छिन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ५८ बजे