६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मकै पोलेर मनग्य आम्दानी




शिवानी वि.क कोहलपुर बाँके, मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि निकै लाभ दायिक हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ ।
मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । मकै खादा मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ ।
क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
मकै पोलेर जिविकोपार्जन
पोलेको मकै बेच्नका लागि कोहलपुर नगरपालिका भित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गरी बिक्रि गर्छन् । मकै व्यवसायीहरु । मकै पोलेर नै दैनिक २ हजार देखि २५ सय भन्दा बढि कमाइ हुन्छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ मा अवस्थित कृषि हाट बजारमा अमृता नेपाली हातमा फलामको चिम्टा, धुवाँ संग खेल्दै विगत ७ वर्ष देखि मकै पोल्दै उनि आफ्नो दैनिकि चलाई रहेकि छिन् ।
सधैँ दिउँसो देखि साँझ अवेर सम्म मकै पोलेर बेच्नु उनको दैनिकि बनेको छ । मकै पोलेर नै उनिले परिवार सम्हाल्दै आएकि छिन् । पहिले आफुले केहि नगर्दा श्रीमान संगको भरमा बाँच्न पथ्र्यो भने अहिले उनि आफैमा निर्भर भएर परिवारको जिम्मेवारी सम्हाल्दै आएकि छिन् ।


खाली समयको सदुपयोग गर्दै सुरु गरेको व्यापारबाट आम्दानी राम्रो हुन थालेपछि अमृता खुसी छिन् । मकै पोलेर नै उनि आफु र आफ्नो परिवारको खर्च उठाउदै आएकि छिन् । सिजनको बेलामा राम्रो आम्दानी हुन्छ । यो अफ सिजनको बेला ग्राहकलाई पु¥र्याउन नै मुस्किल पर्छ उनि भन्छिन् दैनिक १ हजार देखि लिएर २ हजार सम्म आम्दानी हुन्छ । यहाँबाट आम्दानी भएको पैसाले सबै व्यवहार चलाउदै आएको छु । पहिले जस्तो अरुको भर पर्न पर्दैन । उनि भन्छिन्, पहिले सानो काम पर्दा पनि अरुको मुख हेरेर बस्न पर्ने बाध्यता थियो तर अहिले आफुमा निर्भर भए पछि अरुको भरमा बाँच्न परेको छैन ।
आफुलाई हरेक कुराको आवश्यक पर्छ, सानो कुराको लागि पनि अरुको भर पर्दा निकै समस्या बल्झिए पछि आफैले केही गर्न पर्छ भन्ने सोचाइका साथ रोजगारीको बाटो अपनाएको उनि बताउछिन् ।
आफैमा निर्भर हुँदानिकै खुसी लाग्छ । आट गरे त सबै गर्न सकदिो रहेछ । केही गर्न सकिदैन भनेर बस्न नहुने रैछ । पहिले देखि नै केही न केही गर्न पर्छ भन्ने सोचाइ आएको भए दुःख पाइदैन थियो । व्यवसायमा लागे बाट अहिले निकै सहज भएको छ ।
छोराछोरीको पढाई खर्च निकाल्छु
अहिले यो सिजनमा मैले ३०० कोसा मकै दैनिक बेच्ने गरेको छु । १२ रुपैयामा खरिद गरी पोलेर ३० रुपैयामा बेच्ने गरेको छु । दैनिक अन्य खर्च कटाएर १ हजार ५ सय बचाउछु । यही पैसाले छोराछोरीको पढाई खर्च व्यहोर्छु । ५ हजार घर भाडा तिर्छु, १५ हजार समुह बाट निकालेको ऋणको किस्ता पनि तिर्ने गरेको छु ।
उनले पोलेको मकै खानको लागि मदनचोक, झन्डुवा चोक, चप्परगौढि लगायतका अन्य ठाउँबाट आउछन् । उनिहरुको माग अनुसार मैले मकै पोलेर दिन सकेको अमृताले सुनाईन् । परिवारले पनि मलाई सहयोग गर्नुहुन्छ । मलाई गह्रो परेको बेला छोराले पनि मेरो व्यवसायमा हात बटाउँछ ।
अमृता त एक प्रतिनिधि पात्र मात्र हुन् । उनको छेउमै अन्य महिला पनि मकै पोलेर जिविको पार्जन गर्दै आएका छन् । पुरुष भन्दा पनि मकै पोल्ने महिाहरु बढि छन् । यनिहरु मकै पोलेर नै घरायसी खर्च देखि व्यक्तिगत खर्च पनि यही व्यवसायबाट निकाल्दै आएका छिन् ।


स्थानिय महिला आफैले मकैखेती आफै गरेका छन् भने अन्य महिलाले अरु किसानबाट १२ मा मकै खरिद गरेर ३० रुपैयाँमा बेच्छन् । थोरै मिहेनतमा राम्रो आम्दानी हुने भएपछि मकै पोलेर जिविको पार्जन तिर महिलाहरु लागेका छन् ।
पछिल्लो समयमा जमफुडको प्रभावले गर्दा मकै खानेको संख्या घट्दै गएको अमृता बताउँछिन् । मःम, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी जस्ता तयारी खानेकुराको स्वाद परेको जिब्रोले मकैको स्वादलाई खोसेको कमै पोल्ने व्यवसायीहरुको भनाई छ । तर पनि पोलेको मकै मन पराउने पनि ग्राहक आउनु हुनुहुन्छ हाम्रो व्यपारमा घाटा चाहि लागेको छैन ।


उनिहरु मकै नपाइने सिजनमा मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर आयआर्जन गर्दै आएका छन् । मानिसहरु रोजगारी पाएनौ भनेर विदेशिने गर्छन्, थोरै लगानिमा धेरै आम्दानी हुन्छ भने विदेश किन जान प¥यो, विदेशमा गर्ने दुःख यही गर्ने हो भने कमाई यही छ ।
महिलाहरु बिभिन्न पेशामा आवद्ध भएर आत्मानिर्भर
आत्मा निर्भर बन्नको लागि पछिल्लो समयमा महिलाहरु बिभिन्न पेशामा आवद्ध हुन थालेका छन् । अहिले महिलाहरु सिलाई कटाइ, ब्यूटिपार्लर, जुत्ता सिलाउने, सडक छेउमा मकै पोल्ने लगायतका कामहरुमा व्यस्त देखिन्छन् ।
यस्ता व्यवसायमा महिलाहरु लगे बाट आर्थिक तथा सामाजिक रुपमा समेत आत्मनिर्भर भएका छन् भने समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको आएको छ ।
महिला आफैले रोजगारीको बाटो अपनाएर सफल भएका छन् । पहिले देखि नै घर भित्रको काममा मात्र सिमित हुदैं आएका महिलाहरु अहिले आत्मानिर्भर भई कमाई समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : २३ बजे