६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

दुर्घटना न्युनिकरण गर्न तिव्र गतिमा बाँके ट्राफिक प्रहरी




शिवानी विक कोहलपुर बाँके पुस २५– बाँके जिल्ला तिन प्रदेशको केन्द्र बिन्दुका रुपमा स्थापित छ । जसका कारण यहाँ तिनै प्रदेशका नागरीकहरु ओहोर दोहोर गरीरहेका हुन्छन् । बजार क्षेत्र पस्ने मुख्य बाटोेको रुपमा लिएको यो राजमार्गमा दैनिक सयौ टिपरहरु, साना सवारी साधनहरु, पैदाल यात्रीहरु, साईकल र मोटरसाईक यात्रीहरु हिडने गर्दछन् । जिल्लाका बिभिन्न स्थान जोडने स्थान दुर्घटनाको सम्भावना बढि हुन्छ । बढी सावारी साधन चल्नु र बाटो साघुरो हुनु नै सडक दुर्घटनाको मुख्य कारण भएको छ ।

बाँकेमा अहिले सावारी दुर्घटनामा कमी आए पनि दुर्घटनाको जोखिम भने उत्तिकै छ । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बिभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । बिभिन्न सचेतना कार्यक्रमलाई पालिका स्तरीय कार्ययोजना सहित अगाडि बढाएको छ ।

बाँकेमा बढि सवारी दुर्घटना हुन थाले पश्चात अहिले बाँके ट्राफिक प्रहरी कार्यालयले सचेतनाका कार्यक्रमलाई तिव्र पारेको छ । जिल्लाका नागरीकलाई ट्राफिक सम्बन्धि जानकारी गराउने र दुर्घटनालाई कमी ल्याउनको लागि सचेतनाका कार्यक्रमलाई अभियानकै रुपमा लिएको जिल्ला ट्राफिक कार्यलय बाँकेका प्रमुख गोपि कृष्ण सुवेदीले बताए ।

बढ्दो दुर्घटना न्यूनीकरणमा चालकहरुको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने भन्दै चालकहरुलाई जिम्मेवार बनाउने उद्देश्यले चालकले पालना गर्नु पर्ने आचरणको बुँदागत सहितको स्टिकर टाँस गरिदैँ आएको प्रमुख सुवेदीले जानकारी दिए ।

बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटनामा कमी ल्याउनको लागि सवारी चालक र सहचालकहरुलाइ सवारी दुर्घटना न्युनिकरण गर्न प्रशिक्षण समेत दिएको उनले बताए । उनिहरुलाई ट्रफिक नियम र सवारी साधनको प्राबिधिक ज्ञान सम्वन्धि प्रशिक्षण समेत दिएको उनले बताए । यसका साथै प्रत्येक पालिका संग समन्वय गरी विद्यालय स्तरीय कार्यक्रमहरु संचालन गर्दै आएको उनको भनाई छ ।

उनका अनुसार कोहलपुरमा विभिन्न समयमा सडक दुर्घटनाका कारण विद्यार्थीको ज्यानै गुमाउने अवस्था सिर्जना हुन नदिन सम्पूर्ण विद्यार्थीहरुलाई सचेत गराउँदै आएको प्रमुख सुवेदीले बताए ।

बढ्दो सहरीकरणले चुनौती थपिएको छ ।
यो बाँके जिल्लाको समस्या हो’, उनले भने,‘ सर्वप्रथम व्यक्ति सचेत रहन आवश्यक छ । सडक वारपारको समयमा सचेतना अपनाउनुपर्छ’ भनि विद्यार्थी र विद्यलाय स्तरीय सवारी चालकलाई जानकारी गराउने गरेका छौँ । ट्राफिक नियम, जेब्रा क्रसिङ लगायतका विषयमा सबैलाई सैद्धान्तिक प्रयोगमा ल्याउन उनले सबैलाई आग्रह गरका छन् ।

बाँकेमा गएको आर्थिक वर्ष २०७९–८० मा १ सय १४ वटा सवारी दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । जसमा ८० जना गम्भिर घाइते भएका छन् भने ४८ जना समान्य घाइते भएका छन् । यस्त चालु आर्थिक वर्ष २०८०–८१ मा ८० वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । जसमा ८६ जना गम्भिर घाइते भएका छन् भने ७८ जना समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याड्ढमा उल्लेख छ ।

चालकको लापरवाहीले यसरी सवारी दुर्घटना हुने गरेको छ । उनका अनुसार सबै भन्दा ट्रक, ट्याङ्कर, ट्रीपर, बस र मोटरसाइकलका चालकको लापरबाहीको कारण धेरै सडक दुर्घटना हुने गरेको छ । यसरी सवारी दुर्घटना भैरहदा बाँके ट्राफिक कार्यालयले सवारी दुर्घटना रोक्नको लागि बिभिन्न कार्य गरेको छ ।

जसमा २६ पटकमा ५२७१ सवारी साधनमा स्टिकर टाँस गरिएको, १६४ वटा सवारी साधनको नम्बर प्लेट सुधार गरिएको, राडर गनद्धारा १२० वटा सवारी साधनलाई कारवही गरिएको, २७ लापसे किटको प्रयोग गरि १६ जना सेवन कर्तालाई जि.प्र.का. बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

शंसेरगंज, हाईस्कुल एन.टि.भि रोड गरी ६ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । सचेतना मुलक बोर्ड तथा स्पिड लिमिट बोर्ड १५ वटा राखेका छौँ । वटा राखिएको र बाँके जिल्ला भित्र स्थानिय तह संग समन्वय गरि संचालनमा रहेका निजि तथा सार्वजनिक बिद्यालयका संचालक, चालक र सह–चालकहरुलाई ट्राफिक प्रशिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपि कृष्ण सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ०१ बजे