६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सिकाई आपुरण तथा द्रुत सिकाई योजना निमार्ण सम्बन्धि ३ दिने तालिम सम्पन्न



कोहलपुर बाँके पुस २७- आधारभूत तहका बालबालिकाहरुका लागि शिक्षाको पहुँचमा द्रुत सिकाई ल्याउने उदेश्यले कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा आधारभुत तहमा सिकाई आपुरण तथा द्रुत सिकाई योजना निमार्ण सम्बन्धि तीन दिने तालीम शुक्रबार कोहलपुरमा  सम्पन्न भएको छ। उक्त तालीम पौष २५ गते देखि २७ गते (३) दिन सम्म संचालन गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्रियाकलापहरु तथा साधनहरुको प्रयोग सम्बन्धी जानकारी र विस्तृत रूपमा छलफल तथा अभ्यास गरिएको थियो ।

यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रश्न पत्र तथा विद्यार्थी वर्गीकरण र विषयवस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीति, यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो ।

कोहलपुर नगरपालिका सामाजिक बिकास शाखाका संयोजक ईश्वरी प्रसाद बिश्वकर्मको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढाकालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि ढकालले तालिममा सिकेका सिकाइ उपलब्धिलाई व्यबहारमा उतार्न सम्पुर्ण तालिममा सहभागीहरूलाई आग्रह गरेका छन् । शिक्षा र सिकाइ जति बाड्न सक्यो त्यति दुबै पक्षलाई फाइदा हुने बताउदै शिक्षा न त सकिन्छ न त रित्तिन्छ त्यसैले शिक्षा भनेको सिकाइको संसार र मानबिय जिबनको आवश्यकता संग जोडिएको भएको भन्दै उनले शिक्षाले मानिसलाई सभ्यको पहिचान झल्काउने बताए। उक्त कार्यक्रममा ४७ जना शिक्षकको सहभागी रहेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : १७ बजे